27
यहूदाका राजा योताम 
  1 योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।   2 योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे।   3 योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे।   4 योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे।   5 योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक वर्ष तीन वर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी*10,000 मुरी अर्थात् “62,000 बुशल” थियो। गहुँ अनि 10,000 मुरी जा दिए।   
 6 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे।   7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।   8 योताम पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे।   9 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।