8
पाकेको फलको दर्शन 
  1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।   2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”  
मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”  
तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।   3 अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ।” मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”   
इस्राएलका व्यपारिहरु केवल पैसाको पछि लागिरहन मन पराउँछन् 
  4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।  
तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।   
 5 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ,  
“औंसी कहिले बित्छ ता कि हामी  
गहुँ बेच्न सक्छौं।  
कहिले शाबाथ बित्ला  
र हामीले बेच्न शुरु गर्ने?  
तब हामीले खोटो तराजु प्रयोग गरेर  
ठग्न सक्छौ  
र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।   
 6 तिमीले आफैलाई भन्छौ,  
‘हामीले गरीबलाई चाँदीले किन्छौं  
अनि दरिद्रलाई  
एक जोडी जुत्ताले किन्छौं।  
हामी सडेको  
गहुँ पनि बेच्छौं।’ ”   
 7 परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:  
“म उसको कर्म कदापि भुल्ने छैन।   
 8 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ।  
यस देशमा बस्ने प्रत्तेक मानिस  
मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्।  
मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ।  
भूमि यता उता फ्याँकिनेछ।”   
 9 परमप्रभुले भन्नुभयो,  
“म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु  
अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।   
 10 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा  
र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु।  
म तिमीहरुलाई वस्त्रहरु शोक लगाएका बनाउनेछु  
र टाउको खौराउनेछु।  
म तिमीहरुले जन्माएको  
एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै परिदिन्छु  
अनि यो तिक्त दिन हुनेछ।”   
परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ 
  11 परमप्रभु भन्नुहुन्छ,  
“हेर, त्यो दिन नजिकै आउँदैछ  
जब म देशमा अनिकाल ल्याउँनेछु।  
मानिसहरु रोटी र पानीको निम्ति  
भोकाउने वा तिर्खाउने छैनन्।  
तर मानिसहरु परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।   
 12 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि  
महासागर सम्म यता-उता जानेछन्  
अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु  
परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ  
तर तिनीहरुले पाउने छैनन्।   
 13 त्यस समय सुन्दर युवक र युवतीहरु  
तिर्खाले मुर्छा पर्नेछन्।   
 14 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्,  
तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा  
अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’  
तर यी मानिसहरु लडनेछन्  
र कहिल्यै पनि उठ्ने छैनन्।”