11
इस्राएलहरूले परमप्रभुलाई भुल्यो 
  1 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरें।  
तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।   
 2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,  
त्यति-त्यति तिनीहरू मबाट टाढा भए।  
तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे।  
उनीहरूले मूर्तिको अगाडी धूप जलाए।   
 3 “एप्रैमलाई मैले हिँडन सिकाएँ।  
इस्राएललाई मैले अंगालोमा बोकें  
अनि मैले नै तिनीहरूलाई निको पारें।  
तर यी सबै कुरा तिनीहरू जान्दैनन्।   
 4 मैले तिनीहरूलाई प्रेमको डोरी  
मायाको बन्धनले बाँधेर डोर्याएँ।  
म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ,  
म निउरेर उनीहरूलाई खाना खुवाएँ।   
 5 “तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।   6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ।   
 7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”   
परमप्रभुले इस्राएललाई नष्ट गर्न चहानुहुन्न 
  8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?  
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु।  
म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ!  
म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ।  
म आफ्नो मन बद्ली रहेछु,  
तिमीप्रति दयाले मन पग्लिरहेछ।   
 9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्।  
म फेरि एप्रैमलाई नष्ट पार्नेछैन।  
म त परमेश्वर हुँ, म कुनै मानिस होइन।  
म तिनीहरू माझ एक पवित्र छु।  
म तिमीहरूसँगै छु।  
म आफ्नो रिस देखाउँनेछैन।   
 10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु  
अनि मेरा संन्तान मसंग आउने छन्,  
र मेरो पछि-पछि हिँडनेछन्।  
मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।   
 11 तिनीहरू चरा जस्तै वेगसित  
मिश्र देशबाट आउनेछन्।  
तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन्  
अनि म तिनीहरूलाई घरमा पठाउनेछु।”  
परमप्रभुले यो भन्नु भयो।   
 12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ।  
इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यंत्र रचे।  
तर यहूदा अहिले सम्म परमेश्वरसँग छ।  
यहूदा पवित्र र साँचो छ।”