14
परमप्रभुतिर फर्क 
  1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।   2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,  
“हाम्रा सबै पापहरू टाढा गरेर,  
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ।  
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ।   
 3 अश्शूरले हामीलाई बचाउँन सक्तैंन।  
हामी घोडहरूमाथि सवार हुनेछैनौ।  
न त हामी आफ्नो हातले बनाएको कुरालाई  
‘हाम्रो परमेश्वर’ भन्नेछौ।  
किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने  
केवल तपाईं मात्र हुनुहुन्छ।”   
परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ 
  4 परमप्रभु भन्नुहुन्छ,  
“उनीहरूले मलाई त्यागे।  
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु।  
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।   
 5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु।  
इस्राएल लिली फूल झैं फुल्नेछ।  
लबानोन झैं त्यसको जरा फैलनेछ।   
 6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्।  
त्यो सुन्दर हुनेछ।  
त्यो त्यस सुगन्ध झैं हुनेछ  
जुन लबानोनको रूखको जराबाट आउँछ।   
 7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।  
तिनीहरू अन्न झैं बढ्नेछन्।  
तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन।  
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।   
परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो 
  8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।  
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु।  
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु।  
म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”   
अन्तिम सल्लाह 
  9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।  
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ।  
परमप्रभुको बाटो ठीक छ।  
असल मानिसहरू तिनीहरूद्वारा बाच्छन।  
पापीहरू तिनीहरूद्वारा मर्छन्।