भजनसंग्रह  
भजनसंग्रह   
पहिलो भाग  
 1
(भजनसंग्रह 1-41)  
 1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,  
पापीहरूको जस्तो जीवन बिताउँदैन.  
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।   
 2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ।  
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।   
 3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ  
ऊ ठीक समय फल दिने रूख सरह हो।  
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन  
उसले गरेको प्रत्येक काम सफल हुन्छ।   
 4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।  
दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।   
 5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन।  
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।   
 6 किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,  
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।