13
प्रमुख संगीतकारलाई दाऊदको भजन। 
  1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?  
के मलाई सदाको लागि बिर्सनु हुन्छ?  
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?*कहिलेसम्म … तिरस्कार गर्नुहुन्छ अथवा कहिले सम्म तपाईंले आफ्नो अनुहार मदेखी लुकाउनु हुन्छ।   
 2 कहिलेसम्म म अन्योलमा परूँ,  
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?  
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?   
 3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!  
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।   
 4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”  
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।   
 5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।  
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!   
 6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,  
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।