28
दाऊदको भजन। 
  1 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।  
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।  
मेरो प्रार्थनाहरूलागि कान नथुन्नुहोस्!  
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,  
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरूभन्दा हीन छु।   
 2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।  
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।  
मप्रति दया दर्शाउनु होस्।   
 3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।  
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”*शालोम अर्थ हो “शान्ति” तर अभिवादन गर्दा “नमस्ते” मा पनि प्रयोग हुन्छ। शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।   
 4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।  
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।  
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।   
 5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।  
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।  
परमप्रभुले तिनीहरूलाई दण्ड दिऊन् अनि सम्वृद्धिपूर्ण नबनाऊन्।   
 6 परमप्रभुको प्रशंसा गर।  
उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।   
 7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,  
म उहाँमाथि भरोसा गर्छु,  
म खुशी छु  
र उहाँको प्रशंसाको गीत गाउँछु।   
 8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।  
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।   
 9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।  
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।  
तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्।