30
भजनहरू मध्ये एउटा। यो भजन मन्दिरको नाउँमा समर्पण। दाऊदको भजन। 
  1 हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो।  
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।  
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।   
 2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें  
र मलाई निको पार्नु भयो।   
 3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।  
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।   
 4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!  
उहाँको पवित्र नाउँको प्रशंसा गर!   
 5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।  
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।  
म राती रोइरहें,  
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!   
 6 जब म जोगिएँ र सुरक्षित भएँ,  
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!   
 7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो  
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!  
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,  
म डराएँ र कामे।   
 8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईं प्रति प्रार्थना गरें।  
मैले तपाईंलाई दयाको बिन्ती गरें।   
 9 मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ!  
यदि म मरे अनि चिहानभित्र गए भने?  
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!  
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।  
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ।  
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।   
 10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!  
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”   
 11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!  
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।  
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो  
र खुशीयालीले मलाई ढाकिदिनु भयो।   
 12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,  
अनि म सधैं तपाईंको प्रशंसा गर्छु।