67
प्रमुख संगीतकारलाई। वाद्य-वादन सहित। एउटा स्तुतिगान। 
  1 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्।  
कृपया हामीलाई ग्रहण गर्नुहोस्!   
 2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन।  
प्रत्येक जातिले देखुन कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।   
 3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।  
प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।   
 4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्।  
किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।  
अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।   
 5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकून्।  
हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।   
 6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।  
हाम्रो खेतले विस्तृत फसल दिओस्।   
 7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।  
अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।