113
 1 परमप्रभुको प्रशंसा गर!  
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!  
परमप्रभुको नाउँको प्रशंसा गर।   
 2 परमप्रभुको नाउँ अहिले  
र सदा-सर्वदालाई धन्य बनी रहोस्।   
 3 परमप्रभुको नाउँको प्रशंसा  
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।   
 4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।  
उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।   
 5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।  
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।   
 6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।  
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।   
 7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।  
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।   
 8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।  
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।   
 9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान  
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!  
परमप्रभुको प्रशंसा गर!