133
यात्राको एक गीत, दाऊदको भजन। 
  1 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन  
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।   
 2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।  
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।   
 3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।  
किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।