5
आदमदेखि नोआसम्मको वंशावली
आदमको वंशको विवरण यही हो:
 
जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति”*मूल भाषामा आदम नाम दिनुभयो।
 
आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए। तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए। शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। 10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए। 11 एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए। 13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए। 14 केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए। 16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 17 महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए। 19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 20 येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए। 22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 23 हनोक जम्मा 365 वर्षसम्म बाँचे। 24 हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। 26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो। 29 अनि तिनले यसो भनेर त्यसको नाम नोआनोआ मूल भाषामा जसको अर्थ सान्त्वना राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।” 30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। 31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

*5:2 मूल भाषामा आदम

5:29 नोआ मूल भाषामा जसको अर्थ सान्त्वना