7
पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ। मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे। मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”
कैदबाट फर्केर आएकाहरूको सूची
अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन। यसकारण मेरा परमेश्‍वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:
 
बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के।
 
इस्राएलीहरूका पुरुषहरूको सूची:
परोशका सन्तानहरू 2,172 जना;
शपत्याहका सन्तानहरू 372 जना;
10 अराहका सन्तानहरू 652 जना।
11 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;
12 एलामका सन्तान 1,254 जना;
13 जत्तूका सन्तान 845 जना;
14 जक्‍कैका सन्तान 760 जना;
15 बिन्‍नूईका सन्तान 648 जना;
16 बेबैका सन्तान 628 जना;
17 अज्गादका सन्तान 2,322 जना;
18 अदोनीकामका सन्तान 667 जना;
19 बिग्वैका सन्तान 2,067 जना;
20 आदीनका सन्तान 655 जना;
21 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
22 हाशूमका सन्तान 328 जना;
23 बेजैका सन्तान 324 जना;
24 हारीपका सन्तान 112 जना;
25 गिबोनका सन्तान 95 जना।
26 बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;
27 अनातोतका मानिसहरू 128 जना;
28 बेथ-अज्मावेतका मानिसहरू 42 जना;
29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
30 रामा र गेबाका मानिसहरू 621 जना;
31 मिकमाशका मानिसहरू 122 जना;
32 बेथेल र ऐका मानिसहरू 123 जना;
33 अर्को नेबोका मानिसहरू 52 जना;
34 अर्को एलामका मानिसहरू 1,254 जना;
35 हारीमका मानिसहरू 320 जना;
36 यरीहोका मानिसहरू 345 जना;
37 लोद, हादीद र ओनोका मानिसहरू 721 जना;
38 सेनाहका मानिसहरू 3,930 जना।
 
39 पुजारीहरू:
यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
40 इम्मेरको परिवारबाट 1,052 जना;
41 पशहूरको परिवारबाट 1,247 जना;
42 हारीमको परिवारबाट 1,017 जना।
 
43 लेवीहरू:
येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।
 
44 गायकहरू:
आसापका सन्तानहरू 148 जना।
 
45 मन्दिरका द्वारपालहरू:
शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब,
हतीता र शोबैका सन्तानहरू 138 जना।
 
46 मन्दिरका सेवकहरू:
तिनीहरूका सन्तानहरू:
सीहा, हसूपा, तब्बाओत,
47 केरोस, सीआ, पादोन,
48 लेबाना, हागाबा, शल्मै,
49 हानान्, गिद्देल, गहर,
50 रायाह, रसीन, नकोदा,
51 गज्जाम, उज्जा, पसेह,
52 बेसै, मोनीम, नेपुसीम,
53 बक्बूक, हकूपा, हरहूर,
54 बस्लूत, महीदा, हर्शा,
55 बर्कोस, सीसरा, तेमह,
56 नसीह र हतीपा।
57 सोलोमनका सेवकहरूका सन्तानहरू:
सोतै, सोपेरेत, परीदा,
58 याला, दर्कोन, गिद्देल,
59 शपत्याह, हत्तील,
पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।
60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।
 
61 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
62 दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।
 
63 पुजारीहरूमध्येबाट:
होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
64 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 65 यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
 
66 सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो। 67 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए। 68 उनीहरूसित 736 घोडाहरू, 245 खच्‍चरहरू, 69 435 ऊँटहरू र 6,720 गधाहरू थिए।
 
70 परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक,*लगभग 8.4 किलो 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए। 71 परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिकलगभग 170 किलो सुन, र 2,200 मीनालगभग 1.2 मेट्रिक टन चाँदी दिए। 72 बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।
73 पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले।
एज्राले व्यवस्था पढेका
सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।

*7:70 लगभग 8.4 किलो

7:71 लगभग 170 किलो

7:71 लगभग 1.2 मेट्रिक टन