भजन 6
सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ,*शीर्षक: सम्भवतः एक साङ्गीतिक शब्द दावीदको भजन।
हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;
न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।
हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;
हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।
मेरो प्राण गहिरो वेदनामा छ;
कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?
 
हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;
तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।
मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,
चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?
 
मेरो पीडाले गर्दा म थाकिसकेको छु।
 
रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ।
र मेरो आँसुले सिरानी डुबाउँछ।
मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;
मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।
 
हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;
किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।
याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ;
याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।
10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;
तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।

*^ शीर्षक: सम्भवतः एक साङ्गीतिक शब्द