भजन 14
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1 मूर्खले*भजनसंग्रहअनुसार नैतिकताको कमी भएको व्यक्तिलाई मूर्ख भनिन्छ। आफ्नो मनमा भन्छ,
“परमेश्वर छँदैछैन।”
तिनीहरू भ्रष्ट छन्, तिनीहरूले नीच काम गर्दछन्;
असल काम गर्ने कोही पनि छैन।
2 याहवेहले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ,
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ।
3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्†रोमी 3:12;
असल गर्ने कोही छैन;
एक जना पनि छैन।
4 के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।
5 तर त्यहाँ तिनीहरू डरले काम्छन्;
किनकि धर्मीहरूको समूहमा परमेश्वर उपस्थित हुनुहुन्छ।
6 तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;
तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।
7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।