भजन 72
सोलोमनको भजन।
हे परमेश्‍वर, राजालाई तपाईंको न्याय,
र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ
र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
 
पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;
पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,
र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्;
उहाँले अत्याचारीहरूलाई नाश गरून्।
जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,
सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,
र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्,
र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
 
राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि
पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्,
र उनका शत्रुहरूले धुलो चाटून्।
10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले
उनलाई सलामी*राजाहरूले शासन गर्ने समयमा ठूला राजा वा सम्राटलाई साना राजाले सम्मान स्वरूप उपहार वा सलामी दिनुपर्थ्यो ल्याऊन्;
शेबा र सेबाका राजाहरूले
उनलाई भेटी चढाऊन्।
11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्;
र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
 
12 किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;
पीडितहरू जसको सहायता गर्ने कोही छैन।
13 दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,
र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।
14 उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;
किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।
 
15 तिनी दीर्घायु होऊन्!
तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्।
तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्,
र दिनभरि नै तिनलाई आशिष् देऊन्।
16 देशभरि नै प्रशस्त अन्‍न होस्;
पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्।
तिनको बाली लेबनानझैँ फस्टाओस्;
र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
17 तिनको नाम सदासर्वदा रहिरहोस्;
सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।
 
तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्;
र तिनलाई धन्यका भन्‍नेछन्।
 
 
18 इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्!
उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
19 उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;
उहाँको महिमाले सारा पृथ्वी भरियोस्।
आमेन! आमेन!
 
 
20 यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।

*भजन 72:10 राजाहरूले शासन गर्ने समयमा ठूला राजा वा सम्राटलाई साना राजाले सम्मान स्वरूप उपहार वा सलामी दिनुपर्थ्यो