2
प्रेमिका
म त शारोनको गुलाफ,*सायद क्रोकस जातिको फूल हुन सक्छ।
बेँसीहरूको लिली फूल हुँ।
प्रेमी
युवतीहरूका बीचमा
मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।
प्रेमिका
युवकहरूका बीचमा मेरा प्रिय,
जङ्गलका रूखहरूका बीचमा स्याउकोस्याउ यहाँ र श्रेष्‍ठ गीतका अन्य भागमा एप्रिकोट नामको फल हुन सक्छ। बोटजस्तै हुनुहुन्छ।
उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ;
अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।
उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो;
र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।
प्रेम रोगले गर्दा म शिथिल भएकी छु,
यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्;
स्याउ दिएर ताजा पार्नुहोस्!
उहाँको देब्रे हात मेरो शिरमुनि छ,
र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई
मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु;
उचित समय नभएसम्म
प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!
 
सुन, मेरा प्रियतम!
हेर, उहाँ आउँदैहुनुहुन्छ;
पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै,
उहाँ आउँदैहुनुहुन्छ!
मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ।
हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ;
झ्यालहरूबाट हेर्दै हुनुहुन्छ;
अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।
10 मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो,
“हे मेरी प्रियसी उठ,
हे मेरी सुन्दरी, मसित आऊ!
11 हेर, हिउँद बित्यो,
वर्षा पनि सकियो।
12 पृथ्वीमा फूलहरू देखा परेका छन्;
गीत गाउने समय आएको छ।
हाम्रो भूमिमा ढुकुरहरू
कुर्लेको सोर सुनिन्छ।
13 अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो;
दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो।
उठ, आऊ, मेरी प्रिय,
हे मेरी सुन्दरी, मसित आऊ!”
प्रेमी
14 चट्टानका चिराहरूमा,
भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर;
मलाई तिम्रो अनुहार देखाऊ!
तिम्रो सोर सुन्‍न पाऊँ;
किनकि तिम्रो सोर मिठो छ;
र तिम्रो मुहार सुन्दर छ।
15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ;
साना फ्याउराहरू,
जसले दाखबारीमा फूलहरू फुलेका बेला
हाम्रा दाखबारीहरू नाश पार्दछन्।
प्रेमिका
16 मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ;
उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
17 जबसम्म बिहान हुँदैन,
र छायाहरू हराउँदैनन्,
हे मेरा प्रियतम, फर्कनुहोस्;
र मृगझैँ,
अथवा भिरालो डाँडाहरूमाथि हुने
घोर्ले जरायोझैँ हुनुहोस्अथवा बेथेरका डाँडाहरू!
 

*2:1 सायद क्रोकस जातिको फूल हुन सक्छ।

2:3 स्याउ यहाँ र श्रेष्‍ठ गीतका अन्य भागमा एप्रिकोट नामको फल हुन सक्छ।

2:17 अथवा बेथेरका डाँडाहरू