4
 1 यहूदाका सन्तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।   2 शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।   3 एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो ।   4 पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।   5 तकोका पिता अश्शूरका दुई पत्नीहरू हेलह र नारा थिए ।   6 नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।   7 हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,   8 र कोस थिए । कोसचाहिं आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।   9 याबेस आफ्ना दाजुभाइभन्दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्यसलाई वेदनामा जन्माएँ ।”   10 याबेसले इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्चै आशिष् दिनुहुन्छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्छ, जसले गर्दा म पीडामुक्त हुन सक्छु ।” यसैले परमेश्वरले तिनको बिन्ती सुन्नुभयो ।   11 शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्तोनका पिता थिए ।   12 एश्तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।   13 कनजका छोराहरू ओत्निएल र सरायाह थिए । ओत्निएलका छोराहरू हतत र मोनोतै थिए ।   14 मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।   15 यपुन्नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।   16 यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।   17 एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन् ।   18 यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।   19 नहमकी बहिनी होदियाहकी पत्नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्तमो थिए ।   20 शिमोनका छोराहरू अमनोन, रिन्ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।   21 यहूदाका छोरा शेलहका सन्तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,   22 योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)   23 यि कुमालेहरू नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे ।   24 शिमियोनका सन्तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।   25 शौलका छोरा शल्लूम थिए, शल्लूमका छोरा मिब्साम थिए, र मिब्सामका छोरा मिश्मा थिए ।   26 मिश्माका सन्तानहरू तिनका छोरा हम्मूएल, तिनका नाति जक्कूर, तिनका पनाति शिमी थिए ।   27 शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्यामा बढेन ।   28 तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे ।   29 तिनीहरू बिल्हा, एसेम, तोलद,   30 बतूएल, होर्मा, सिक्लग,   31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्म तिनीहरूका सहरहरू यी नै थिए ।   32 तिनीहरूका पाँच बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान थिए,   33 साथै बालातसम्मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे ।   34 वंशका अगुवाहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,   35 योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,   36 एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,   37 र शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।   38 माथि लेखिएका मानिसहरू आ-आफ्नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।   39 तिनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।   40 तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्त र सूनसान थियो । अघि त्यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।   41 यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर ।   42 तिबाट, शिमियोनका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जीएललाई आफ्ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए ।   43 तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्म त्यहाँ बसेका छन् ।