6
 1 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।   2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।   3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।   4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।   5 अबीशू बुक्कीका पिता भए, बुक्की उज्जीका पिता भए ।   6 उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।   7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।   8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।   9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।   10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा सेवा गरे ।   11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।   12 अहीतूब सादोकका पिता भए, र सादोक शल्लूमका पिता भए ।   13 शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।   14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।   15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।   16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।   17 गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।   18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।   19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन् ।   20 गेर्शोनका सन्तानहरू: तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्माह थिए ।   21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।   22 कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।   23 तिनका छोरा एल्काना थिए । तिनका छोरा एब्यासाप थिए । तिनका छोरा अस्सीर थिए ।   24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्जियाह थिए । तिनका छोरा शौल थिए ।   25 एल्कानाका छोराहरू अमासै, अहीमोत,   26 अनि एल्काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,   27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना थिए ।   28 शमूएलका छोराहरू जेठा योएल र कान्छा अबिया थिए ।   29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्जाह थिए ।   30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्गियाह थिए । तिनका छोरा असायाह थिए ।   31 सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।   32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।   33 आ-आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।   34 शमूएल एल्कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।   35 तोह सूपका छोरा थिए । सूप एल्कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्कानाका छोरा थिए ।   36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्याहका छोरा थिए ।   37 समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।   38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।   39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्थे । आसाप बेरेक्याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।   40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्कियाहका छोरा थिए ।   41 मल्कियाह एत्नीका छोरा थिए । एत्नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।   42 अदायाह एतानका छोरा थिए । एतान जिम्माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।   43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।   44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्दीका छोरा थिए । अब्दी मल्लूकका छोरा थिए ।   45 मल्लूक हशब्याहका छोरा थिए । हशब्याह अमस्याहका छोरा थिए । अमस्याह हिल्कियाहका छोरा थिए ।   46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।   47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।   48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।   49 हारून र तिनका सन्तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।   50 हारूनका सन्तान निम्नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।   51 अबीशूका छोरा बुक्की थिए । बुक्कीका छोरा उज्जी थिए । उज्जीका छोरा जरयाह थिए ।   52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।   53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।   54 हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।   55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,   56 तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।   57 हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र लिब्ना, यत्तीर, र एश्तमोका खर्कहरूसहित,   58 खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।   59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।   60 अनि बेन्यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।   61 कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।   62 गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंशहरूमा इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।   63 मरारीका सन्तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।   64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।   65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।   66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।   67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्थानको सहर) गेजेरका खर्कहरूसहित,   68 खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,   69 खर्कहरूसहित अय्यालोन र खर्कहरूसहित गात-रिम्मोन दिइयो ।   70 मनश्शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।   71 गेर्शोनीहरूलाई मनश्शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्तारोत दिए ।   72 इस्साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,   73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।   74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्दोन,   75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्त गरे ।   76 तिनीहरूले नप्तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्मोन र खर्कहरूसहित किर्यातैम, प्राप्त गरे ।   77 मरारीका बाँकी सन्तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्माम, कर्तह, रिम्मोनो र खर्कहरूसहित तबोर प्राप्त गरे,   78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,   79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,   80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,   81 खर्कहरूसहित हेश्बोन र खर्कहरूसहित याजेर प्राप्त गरे ।