27
योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् । हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए । तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे । यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए । अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए । यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए । योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌ । तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।