25
 1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।   2 प्रधान पूजाहारी र विशिष्ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।   3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।   4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।   5 उनले भने “यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”   6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।   7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए ।   8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”   9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?”   10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।   11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।   12 त्यसपछि फेस्तसले परिषद्मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”   13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।   14 उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।   15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।   16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”   17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।   18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।   19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।   20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।   21 तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्नलाई आदेश दिएँ ।”   22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्नुहुनेछ ।”   23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।   24 फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।   25 तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।   26 तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् ।   27 किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”