16
 1 उजाड-स्थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।   2 जसरी चराहरू भौंतारिन्छन् र जसरी गुँड छरपष्ट पारिन्छ, मोआबका स्त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्तै भएका छन् ।   3 “निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।   4 मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्ने ठाउँ होओ ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।   5 करारको विश्वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्वस्ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्यवहार गर्नुहुँदा उहाँले इन्साफ गर्नुहुनेछ ।   6 मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।   7 त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्पाको निम्ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।   8 हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।   9 साँच्चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।   10 फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्नेहरूको आवाज मैले अन्त गरेको छु ।   11 त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।   12 जब मोआबले आफूलाई उच्च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।   13 परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।   14 फेरि परमप्रभु भन्नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।”