15
 1 तब एलीपज तेमानीले जवाफ दिए र भने,   2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू ? र के आफैलाई पूर्वीय बतासले भर्नू ?   3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू ?   4 वास्तवमा तपाईंले परमेश्वरको आदर घटाउनुहुन्छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।   5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्नुभयो ।   6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्छ ।   7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र ? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र ?   8 तपाईंले परमेश्वरको ज्ञानको गुप्त कुरा सुन्नुभएको छ ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र ?   9 तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन ? तपाईंले के बुझ्नुहुन्छ, जुन हामीमा पनि नभएको होस् ?   10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।   11 परमेश्वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्यादै तुच्छ छन् र ?   12 तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ ? तपाईंका आँखा किन चम्किन्छन् ?   13 जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ ?   14 मानिस के हो र ऊ शुद्ध हुनुपर्यो ? स्त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्यो ?   15 हेर्नुहोस्, परमेश्वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्नुहुन्न । वास्तवमा उहाँको दृष्टिमा स्वर्ग पनि शुद्ध छैन ।   16 घृणित र भ्रष्ट व्यक्ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।   17 म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,   18 बुद्धिमान् मानिसहरूले आफ्ना पुर्खाहरूबाट हस्तान्त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्नेछु ।   19 यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन ।   20 दुष्टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्ख्या तोकिएका छन् ।   21 उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्नति हुँदा नै विनाशक उसमा आउनेछ ।   22 अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।   23 ऊ रोटी खोज्दै विभिन्न ठाउँमा यसो भन्दै जान्छ, ‘खोई त्यो कहाँ छ ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।   24 निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।   25 परमेश्वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,   26 यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।   27 आफ्नो अनुहार आफ्नो बोसोले ढाकेको, अनि आफ्नो कम्मरमा बोसो जाम्मा गरेको भए पनि,   28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।   29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।   30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।   31 आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।   32 उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।   33 नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।   34 किनकि ईश्वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्म पार्नेछ ।   35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।