41
 1 के एउटा बल्छीले तैंले लिव्यातन्लाई तान्न सक्छस् ? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्न सक्छस् ?   2 के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस् ? एउटा बल्छीले त्यसको बङ्गारा छेड्न सक्छस् ?   3 के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र ? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र ?   4 के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्यसलाई कमारो बनाउनुपर्छ ?   5 तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र ? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्नेछस् र ?   6 के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन् ? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन् ?   7 के तैंले त्यसको छालामा चक्कु हान्न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्न सक्छस् ?   8 एकपल्ट त्यसमाथि आफ्नो हात राख्, अनि तँलाई त्यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।   9 हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र ?   10 कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ ?   11 मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र ? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।   12 लिव्यातन्का खुट्टाहरूको विषयमा म चुप लाग्नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्नेछु ।   13 त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ ? ढाल जस्तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ ?   14 त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्छ, जुन त्रासदी हो ।   15 तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।   16 एक अर्कोमा यसरी टाँसिन्छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।   17 ती एक-अर्कामा टाँसिएका हुन्छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।   18 त्यसले हाच्छीं गर्दा बाहिर झिल्काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।   19 त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।   20 तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।   21 त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।   22 त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।   23 त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।   24 त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।   25 त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।   26 तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।   27 त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्छ ।   28 काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।   29 मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।   30 त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।   31 त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।   32 त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।   33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।   34 हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्डका सबै छोराहरूमध्ये त्यो त राजा नै हो ।”