46
प्रमुख संगीतकारलाई। अलामोतद्वारा*अलामोतद्वारा एक किसिमको भजन हो। यो वाद्य-बाजा पनि हुनसक्छ वा बिशेष ताल वा स्केल पनि हुनसक्छ। गाउने कोरह परिवारहरूको एउटा भजन। 
  1 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।  
संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।   
 2 यसैकारण भुइँचालो आए ता पनि  
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।   
 3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ  
र पर्वतहरू र्थकिन्छन।   
 4 त्यहाँ एउटा नदी छ जसको धाराले  
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।   
 5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।  
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।   
 6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।  
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।   
 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।  
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।   
 8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।  
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।   
 9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ।  
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,  
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।   
 10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!  
म जाति-जातिलाई परास्त गर्नु सक्छु,  
म संसारलाई अधीनमा राख्न सक्छु!”   
 11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।  
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।