47
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
1 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको*प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक माने स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ। गीतहरू गाऊ।
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
*47:7: प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक माने स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ।