110
दाऊदको स्तुतिगान। 
  1 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,  
“जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”   
 2 परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ  
अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!   
 3 जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ  
तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।  
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।  
अनि विहानै एका-अर्कासित भेट हुनेछ।  
ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै  
तिम्रो वरिपरि हुनेछन्।   
 4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो उ  
हाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।  
“तिमी अनन्तको निम्ति  
मल्कीसेदेक जस्तै पूजाहारी हौ।”   
 5 मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।  
जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।   
 6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।  
धर्ती मृत शरीरहरूले ढाकिने छ।  
अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।   
 7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु।  
त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियो*बलियो यहाँ दुइवटा अर्थ लाग्दछ, (1) उनले पानी खाईसकेर टाउको उठाए, र (2) बलियो र महत्वपूर्ण मानिस भए। हुनु हुनेछ।   
*110:7: बलियो यहाँ दुइवटा अर्थ लाग्दछ, (1) उनले पानी खाईसकेर टाउको उठाए, र (2) बलियो र महत्वपूर्ण मानिस भए।