111
 1 परमप्रभुको प्रशंसा गर!  
म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)  
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।   
 2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।  
मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।   
 3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।  
उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।   
 4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने  
कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।   
 5 परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ,  
उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।   
 6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि  
उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।   
 7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।  
उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।   
 8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।  
ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।   
 9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।  
परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।   
 10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।  
मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।  
स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।