भजन 87
एउटा गीत, कोरहका छोराहरूका भजन।
याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।
याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले
सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।
 
हे परमेश्‍वरको सहर,
तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्:
सेला
“मलाई स्वीकार गर्नेहरूमध्ये
राहाब*इजिप्टको कवितात्मक नाम हो र बेबिलोनलाई म सूचीमा राख्नेछु—
पलिश्ती, टायर र कूशलाईअर्थात्, नील नदीको माथिल्‍लो क्षेत्रको भू-भाग समेत
भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”
वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ,
“यो र त्यो त्यहीँ जन्मेका थिए,
अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”
याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ:
“यसको जन्म सियोनमा भएको हो।”
सेला
 
सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्:
“मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”

*भजन 87:4 इजिप्टको कवितात्मक नाम हो

भजन 87:4 अर्थात्, नील नदीको माथिल्‍लो क्षेत्रको भू-भाग